पोखरा बहुमुखी क्याम्पसमा वार्षिकोत्सव तयारी

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसले ३९औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । क्याम्पसको यही मंसिर १४ गते वार्षिकोत्सव समारोह हुँदै छ । यसैबीच उक्त समारोहको तयारीस्वरूप क्याम्पसले विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिरहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् ।
वार्षिकोत्सव पूर्वसन्ध्यामा क्याम्पसका विभिन्न संकायका विद्यार्थीबीच भलिबल, बास्केटबल, टेबलटेनिस, निबन्ध प्रतियोगिता, भाषणकला प्रतियोगिता सम्पन्न भएका छन् । उक्त प्रतियोगिताको नतिजा वार्षिकोत्सव मूल समारोहकै बीच सार्वजनिक गरिने क्याम्पसले जनाएको छ ।
यही मंसिर ५ गतेदेखि वार्षिकोत्सव पूर्वतयारी कार्यक्रमहरू भएका थिए । यसैबीच बिहीबार रक्तदान कार्यक्रम र क्रमशः शुक्रबार क्याम्पस रहेको क्षेत्र र आसपास शान्तिवन, नयाँबजार र पृथ्वीचोक सरसफाइ गरिने कार्यक्रम छ ।
यसैबीच, बुधबार सम्पन्न छात्र तथा छात्रा बास्केटबलतर्फ क्रमशः अस्मित मगर र कृतिका राईको समूह प्रथम भएको छ । त्यस्तै भलिबलतर्फ निश्चल हिराचनको समूह र काजोल थापाको समूह प्रथम भएका छन् । त्यसैगरी टेबलटेनिसतर्फ सिजन कोइराला र शिल्पा जैसवाल प्रथम भएका छन् ।
विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई वार्षिकोत्सव मूल समारोहका बीच पुरस्कृत गरिने खेलकुद संयोजक प्राध्यापक भीमप्रसाद न्यौपानेले बताए । उक्त खेलकुदमा भलिबलतर्फ तिलकुमारी थापा मगर र बास्केटबलतर्फ रोजिना परियार र अस्मित मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया