गण्डकीमा खानी र विश्वविद्यालयसम्बन्धी दुई विधेयक प्रमाणीकरण
समाधान संवाददाता
२०८२ मंसिर ११ गते १४:१५

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै ‘गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण भएको जनाएको हो ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरिएको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई मंसिर ९ गते ती विधेयकहरू प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएका थिए । विधेयकहरू मंसिर ११ गते प्रमाणीकरण भएको कार्यालयले जनाएको छ । प्रमाणीकरण भएसँगै अब यी विधेयकले ऐनको मान्यता पाउनेछन् ।
सम्बन्धित








‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया