गण्डकीमा खानी र विश्वविद्यालयसम्बन्धी दुई विधेयक प्रमाणीकरण
समाधान संवाददाता
२०८२ मंसिर ११ गते १४:१५

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै ‘गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण भएको जनाएको हो ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरिएको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई मंसिर ९ गते ती विधेयकहरू प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएका थिए । विधेयकहरू मंसिर ११ गते प्रमाणीकरण भएको कार्यालयले जनाएको छ । प्रमाणीकरण भएसँगै अब यी विधेयकले ऐनको मान्यता पाउनेछन् ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया