विशेष महाधिवेशनको माग नेतृत्वले बेवास्ता गरेको विशेष महाधिवेशन हस्ताक्षर अभियानको गुनासो

पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी नेतृत्वमाथि विधानअनुरूपको माग बेवास्ता गरेको आरोप लगाएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको मागलाई नेतृत्वले बेवास्ता गरेकोमा दुःख व्यक्त गरेको हो ।
अभियानका नेतृत्वकर्ता देवराज चालिसेले नियमित महाधिवेशनको मिति नतोक्ने र विशेष महाधिवेशनको माग सम्बोधन नगरेर केन्द्रीय समिति लम्ब्याइरहने नेतृत्वको शैली जिम्मेवार नभएको बताए । ‘नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन,’ चालिसेले भने ।
उनले पार्टीको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल तथा निर्णयहीनताको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने बताए । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले आजसम्म सुनुवाइ नगरेको अभियानको ठहर छ ।









१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया