पोखरा बहुमुखी क्याम्पसको रक्तदानमा ३२ युनिट रगत संकलन

समाधान संवाददाता २०८२ मंसिर १२ गते १५:१२

पोखरा।

पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन गरिएको छ ।

कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका विद्यार्थी, संचालक समिती, प्राध्यापक, कर्मचारी लगायतले रक्तदान गरेका थिए ।

Advertisement

पोखरा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले रक्तदान जीवन दान भन्ने मर्म सबैले बुझ्नुपर्ने बताए। क्याम्पस प्रमुख शिशुकला पराजुलीले रक्तदान लगायतक सामाजिक कार्यमा विद्यार्थी सहभागिता समग्र समाजका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरिन् ।

रक्तसंचार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । रक्तकेन्द्रका प्रमुख महेन्द्र केसी सहितको प्राविधिक टोलिले रक्तदाताको स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेको थियो ।

Advertisement

क्याम्पसका प्राध्यापक दिपक घिमिरेले संयोजन गरेको कार्यक्रममा क्याम्पस संञ्चालन समिती सल्लाहकार शंकर देवकोटा, कोषध्यक्ष शंकर गुरुङ , सदस्य मुनाकुमारी वास्तोला, विद्यार्थी गणेश रामदाम, सुशील खनाल लगयतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया