पोखरामा अवतरणका क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, यात्रु र चालक दल सुरक्षित

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा शनिबार चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजसँग चरा ठोक्किएको हो ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । बुद्ध एयरका अनुसार उडान नम्बर ६१७ को ९ एन–एओसी जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित छन् ।
चरा ठोक्किएपछि जहाजमा के कति असर पर्यो भन्ने विषयमा अहिले पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको कम्पनीले जनाएको छ । प्राविधिक जाँचपछि मात्र जहाजको अवस्थाबारे विस्तृत विवरण आउनेछ ।
पोखरामा किन हुन्छ चराको जोखिम ?
पोखराको आकास र विमानस्थल आसपासमा पटक–पटक चरा ठोक्किने समस्या दोहोरिने गरेको छ । यसअघि पुरानो विमानस्थलमा पनि र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि यो चुनौती कायमै छ ।
पोखरा उपत्यकाको भौगोलिक अवस्थिति र विमानस्थल नजिकै रहेका सेती र विजयपुर खोलाका खोँचहरू चराका लागि प्राकृतिक बासस्थान र करिडोर हुन् । खोला किनार र आसपासका वनजंगलमा बास बस्ने चराहरू आहाराको खोजीमा निस्कँदा विमानको उडान र अवतरणको बाटो (अप्रोच मार्ग) मा पर्ने गरेका छन् ।
यसबाहेक, पोखरामा फोहोर व्यवस्थापनको चुनौतीले पनि विमानस्थल आसपास चराको गतिविधि बढाएको विज्ञहरू बताउँछन् । खुला ठाउँमा फालिने फोहोर र मरेका जनावर (सिनो) खान आउने गिद्ध तथा चीलजस्ता ठुला चराहरूले हवाई सुरक्षामा गम्भीर चुनौती खडा गर्ने गरेका छन् । विशेषगरी जाडोयाम सुरु भएसँगै बसाइँ सरेर आउने चराहरू र स्थानीय रैथाने चराहरूको गतिविधि विमानस्थल क्षेत्रमा बढ्ने गरेको पाइन्छ ।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया