एमाले महाधिवेशन : बागलुङबाट ११ प्रतिनिधि सर्वसम्मत चयन (सूचीसहित)

बागलुङ । नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि बागलुङबाट सहभागी हुने प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । जिल्लाका दुईवटा संघीय निर्वाचन क्षेत्र र दलित क्लस्टरबाट गरी कुल ११ जना प्रतिनिधि छानिएका हुन् ।
क्षेत्र नम्बर १ बाट ६ जना, क्षेत्र नम्बर २ बाट ४ जना र दलित क्लस्टरबाट १ जना प्रतिनिधि चयन भएको एमाले बागलुङले जनाएको छ ।
क्षेत्र नम्बर १ मा सकसपछि सहमति
बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने ६ जनाका लागि ३९ जनाले दाबी गरेका थिए । आकांक्षीहरूबीच दुई दिनसम्म छलफल हुँदा पनि कुरा नमिलेपछि शुक्रबार नेतृत्वलाई जिम्मा दिइएको थियो ।
केन्द्रीय सदस्यहरू इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिराबहादुर खत्री र क्षेत्रीय संयोजक धनबहादुर परियार रहेको समितिले प्रतिनिधिको नाम टुंगो लगाएको हो ।
जसअनुसार खुलातर्फ ३ जनामा जिल्ला अध्यक्ष हिराबहादुर केसी, जिल्ला सचिव गणेश थापा र प्रदेश सदस्य लालबहादुर थापा चयन भएका छन् । यस्तै, महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार तथा युवातर्फ सिर्जना पन्त सर्वसम्मत छानिएका छन् ।
क्षेत्र नम्बर २ मा पहिल्यै टुंगो
बागलुङ क्षेत्र नम्बर २ मा भने बिहीबार नै प्रतिनिधि चयनको काम सकिएको थियो । यहाँ ४ जनाका लागि १३ जनाले आवेदन दिएका थिए ।
खुलातर्फ भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस सर्वसम्मत भएका छन् ।
यसैगरी, दलित क्लस्टरबाट जिल्ला सहसचिव धनबहादुर परियार सर्वसम्मत प्रतिनिधि छानिएका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया