स्याङ्जा एमालेमा सर्वसम्मत : ८४ आकांक्षीबाट छानिए १५ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

पोखरा । काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सहभागी हुने प्रतिनिधिहरूको टुंगो लागेको छ । जिल्लाबाट सहभागी हुने १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
प्रतिनिधि बन्नका लागि ८४ जनाले आकांक्षा देखाए पनि दुई दिनको रस्साकस्सीपछि सबै नाममा सहमति जुटेको हो । एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले दुई दिनको छलफलपछि सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताए । उनका अनुसार छनोट भएका प्रतिनिधिहरूको नामावली आज (शनिबार) बिहान औपचारिक रूपमा सार्वजनिक गरिँदै छ ।
क्षेत्र नम्बर १ बाट को–को छानिए ?
स्याङ्जा संघीय निर्वाचन क्षेत्र नम्बर १ को खुलातर्फ नारायणप्रसाद मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यस्तै महिलातर्फ चिनमाया गुरुङ र तारा शर्मा तथा युवा कोटामा अमृत नेपाली सर्वसम्मत छानिएका हुन् ।
क्षेत्र नम्बर २ र दलित क्लस्टर
संघीय क्षेत्र नम्बर २ को खुलातर्फ जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई र खिमबहादुर थापा चयन भएका छन् । यहाँ महिलातर्फ खगीसरा थापा र भेमला बराल तथा ४० वर्षमुनिका युवातर्फ विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन् ।
यसैगरी, दलित समुदाय (क्लस्टर) बाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको एमाले स्याङ्जाको निर्वाचन समितिले जनाएको छ । एमालेको ११ औं महाधिवेशन आगामी मंसिरको अन्तिम साता काठमाडौंमा हुँदैछ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया