प्रतिनिधि छनोटमा पिएस–खगराज मिल्दा विवाद !

पोखरा ।
एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा नेताहरूले एकलौटी गरेको आरोप लगाउँदै कास्कीका असन्तुष्टहरुले उजुरी दिएका छन् । शनिबार स्थायी कमिटी सदस्य खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले २३ प्रतिनिधि छनोट गरेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएको छ ।
उनीहरुले प्रतिनिधि छनोटमा नेताहरु हाबी भई आफ्ना मान्छेलाई मात्र प्रतिनिधि बनाएको भन्दै विरोध गरेका छन् । मतदाता संख्याका आधारमा प्रतिनिधि छनोट गरिन्छन । बैठकमा पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य चूडामणि जंगली, भीम कार्की, कृष्ण थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ थिए ।
७ जनाले छनोटमा मन लाग्दी गरेको भन्दै अरु नेताहरुले असन्तोष पोखेका छन् । नेता सञ्जीव कोइरालाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टी कति लोकतान्त्रिक छ । यो मेरो निवेदनलाई खोस्टो बनाइदिएकोमा नेता भेषराज बराल, कृष्ण थापा, जगत विश्वकर्मा र खगराज अधिकारीलाई हार्दिक बधाई !’
उनले प्रतिनिधि छनोटमा मतदान माग गरेका थिए । पूर्व कास्की जिल्ला कमिटी सदस्यसमेत रहेका प्रतिनिधि आकांक्षी विवेक त्रिपाठीले एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ‘आफूलाई छान्ने प्रतिनिधि आफैंले छानेर लाग्ने अभ्यास कुल्चिएर पार्टी विधि र प्रक्रियालाई समेत नेतृत्वले गुमराहमा राखी प्रतिनिधि छनोट भएकाले अविलम्ब निर्वाचन प्रक्रिया सुरु गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचित सांसद र जनप्रतिनिधिहरु छनोट नभएपछि त्यसले झनै चर्चा पाएको छ । निवर्तमान संघीय सांसदहरु दामोदर बैरागी र मनबहादुर गुरुङ प्रतिनिधि छानिएनन् । गण्डकी प्रदेशसभा सदस्यहरु प्रकाश केसी, गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल र नन्दकला नेपाली पनि प्रतिनिधि हुनबाट बञ्चित भएका छन् ।
एमाले कास्कीका एक सदस्यले अहिले कास्कीमा पृथ्वीसुब्बा(पिएस) गुरुङ र खगराज अधिकारी मिल्दा मतदान नभएको सुनाए । ‘हिजो सधैं गण्डकीमा पिएस गुट र खगराज गुट भनेर प्रतिस्पर्धा भए । अहिले केन्द्रीय नेतृत्वमा पार्टी अध्यक्ष केपी ओलीलाई जिताउन दुवै नेता एक ठाउँमा भएपछि प्रतिनिधि छनोटमा पनि आफ्ना मान्छेलाई चुनिएको हो,’ ती सदस्यले भने, ‘भोट दायाँबायाँ गर्ने शंका लाग्नेलाई प्रतिनिधिमा रोकिएको छ ।’
यी हुन् प्रतिनिधि
प्रतिनिधिमा कास्की १ खुलातर्फ टीकाराम पंगेनी, वैनबहादुर अधिकारी क्षेत्री, वेदबहादुर गुरुङ र दर्शन लामा छन् । महिलातर्फ विजया सुवेदी र नारायणी भट्टराई छानिँदा युवातर्फ नवराज ओझा चुनिए । क्षेत्र नम्बर २ को खुलातर्फबाट तेजनारायण अधिकारी, रामप्रसाद खनाल, भेषराज बराल र रश्मि आचार्य निर्वाचित हुँदा महिलातर्फ सुजना शर्मा र हिरा गिरी र युवातर्फ विजय पौडेल छन् ।
कास्की ३ बाट खुलातर्फ दीपक पौडेल, जगन्नाथ बास्तोला, माधव बास्तोला र लालबहादुर परियार, महिलातर्फ शोभा पहारी र गीता विश्वकर्मा र युवातर्फ भरतमान गुरुङ (कोने) निर्वाचित भएका हुन् । समग्र कास्कीको उत्पीडित क्षेत्रतर्फबाट दामबहादुर विक र प्रेम विश्वकर्मा छानिएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया