रेडियो अन्नपूर्णले ‘झलकमान र नारायण गोपाल साँझ’ गर्दै

पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले आफ्नो रजत वर्षको अवसरमा यही मंसिर १८ गते ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्ने भएको छ । रेडियोको ‘१२ महिना १२ कार्यक्रम’ अभियान अन्तर्गत झलकमान गन्धर्व सारंगी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा उक्त साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको तयारीलाई तीव्रता दिइएको स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली सांगीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका स्रष्टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे । रेडियोको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा वडा कार्यालय जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘वडाले गीत संगीत, कला, साहित्यको क्षेत्रलाई समेत महत्व दिने गरेको छ ।’ उनले कार्यक्रममा सहभागी हुन वडावासीलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रम पोखराको महेन्द्रपुलस्थित फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए । प्रवेश निःशुल्क हुने यस कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारंगीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् । संयोजक पौडेलले सारंगीका धुनमार्फत स्रष्टाहरूलाई स्मरण गर्न सकिने भएकाले सबैलाई उपस्थित भई साथ दिन आग्रह गरेका छन् ।
कार्यक्रमलाई भव्य बनाउन प्रवद्र्धकका रूपमा पोखरा महानगरपालिका वडा नम्बर ३, वडा नम्बर ११ र वडा नम्बर १२ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एसके साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन र नेवा मिसः पुचः कास्की लगायतको सहयोग रहने बताइएको छ ।
रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आएको थियो । २०५८ साल वैशाख १२ गते स्थापना भई २५ वर्षको अवधिमा सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको रेडियोले रजत वर्षका अवसरमा यसअघि पोखरा १४ स्थित वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामग्री वितरण, विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ तथा झलकमान गन्धर्व सारंगी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोसाक सहयोग लगायतका काम गरिसकेको छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया