म्याग्दीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालक घाइते
समाधान संवाददाता
२०८२ मंसिर १५ गते ११:२३

पोखरा । म्याग्दीको बेनी दरवाङ सडकखण्ड अन्तर्गत घुमाउनेभीरमा आइतबार राति ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भैरहवाबाट सिमेन्ट लिएर आएको ग २ ख ०८४० नम्बरको ट्रक बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा तानसेन नगरपालिका–८ मदनपोखरा पाल्पाका ३४ वर्षीय चालक गोविन्दबहादुर खाम्चा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर तिमिल्सिनाले जानकारी दिए । प्रहरीका अनुसार घाइतेलाई राति नै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा भर्ना गरिएको छ ।
मालिका गाउँपालिका–६ मा लैजाँदै गरेको उक्त ट्रकमा ३४० बोरा सिमेन्ट रहेको थियो । दुर्घटनापछि ट्रकमा रहेको सिमेन्ट खोलामा डुबेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया