सिर्जनशीलको साधारणसभा

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको सत्रौँ वार्षिक साधारणसभा, ‘अवधारणा’ जर्नल लोकार्पण तथा रचनावाचन कार्यक्रम मंसिर १३ गते शनिबारका दिन कन्या क्याम्पस नदीपुरको सभाहलमा सम्पन्न भयो । गाई पालन गरेर ४० वर्ष बिताएका कृषक चूडामणि अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित ‘अवधारणा’ (अंक ९) जर्नलको लोकार्पण समेत गरिएको थियो ।
प्रमुख अतिथि कृषक चूडामणिले असली किसानका दुःखसुख र सफलताका कथाहरू लेख्न विज्ञ लेखक समुदायलाई अनुरोध गरे । पछिल्लो समय कृषि पेसामा पनि छिटो धनी हुने नाममा किसानले आफ्नो धर्म छोडेर जथाभावी विषादीको प्रयोग गर्दा मानव स्वास्थ्य संकटमा परेकोमा उनले चिन्ता प्रकट गरे । प्रत्येक मान्छे इमान्दार भएमा धेरै समस्याको समाधान स्वतः हुने कुरामा उनको जोड थियो ।
उक्त कार्यक्रममा संस्थाका सचिव डा. पिताम्बर पौडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितिमा कार्यसमिति सदस्य लोकचन्द्र खनालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । सोही अवसरमा लोकार्पित जर्नलका प्रधान सम्पादक एवं संस्थाका उपाध्यक्ष डा. श्रीधर न्यौपानेले सम्पादकीय मन्तव्य राख्दै जर्नल प्रकाशनका क्रममा व्यहोरेका अनुभव र अनुभूतिहरूलाई साझा गरेका थिए ।
कार्यक्रममा १२ जना स्रष्टाहरूले समसामयिक विषयमा रचिएका कविता, गीत, गजल, मुक्तक, लघुकथा सुमधुर स्वरमा वाचन गरेर सुनाएका थिए । रचना वाचन गर्नेहरूमा कमला खनाल, कृष्णप्रसाद तिमिल्सेना, डा. नवराज न्यौपाने, कल्याण पन्त, डा. ईश्वरमणि अधिकारी, कृष्णप्रसाद बाँस्तोला (राजु), टीकाराम वाग्ले, डा. भोलानारायण रेग्मी, चन्द्रावती वाग्ले, अम्बिकाप्रसाद भट्टराई, वसन्त चालिसे र डा. भूमिराज बस्ताकोटी रहेका छन् ।
कार्यक्रमकै अवसरमा सीतापुण्य सिर्जनशील पुरस्कारका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने विजयकुमार÷भावना भट्टराईलाई संरक्षक सदस्यताको प्रमाणपत्र र आठजना नवप्रवेशी साथीहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उक्त अवसरमा संस्थाका आजीवन सदस्य सुशील शर्मा भट्टराई पृथ्वीनारायण क्याम्पस, पोखराको सहायक क्याम्पस प्रमुखमा नवनियुक्त भएकोमा संस्थाका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरज पौडेलले गरेका थिए । सञ्चालन सचिव डा. पीताम्बर पौडेलले गरेका थिए । संस्थाकी सहसचिव गायत्री पराजुलीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरूको तर्फबाट डा. विष्णुप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा खाजापानीको सौजन्य कार्यसमिति सदस्य कृष्णप्रसाद बाँस्तोला र ब्यानर तथा अन्य खर्चको सौजन्य डा. विष्णुप्रसाद शर्माले गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया