कांग्रेस महाधिवेशन पुसमा हुने

पोखरा ।
आउँदो पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् । खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरे ।
जेन–जी आन्दोलनअघिसम्म कांग्रेस सभापति शेरबहादुर देउवा ०८३ मंसिरतिर मात्र महाधिवेशन गराउन चाहन्थे । कार्यकाल ०८२ मंसिरमा सकिँदै थियो । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि नै कांग्रेसभित्र विग्रह सुरु भएको हो । जेन–जी आन्दोलनले दुई दलको सत्ता गठबन्धन मात्र भत्काएन, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति देउवा र तत्कालीन माओवादी अध्यक्ष (हाल नेपाली कम्युनिस्ट पार्टी) पुष्पकमल दाहालको सत्ताको चक्र अन्त्य हुनुपर्ने सन्देश पनि दियो ।
महामन्त्रीहरूको दबाब, विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु भएपछि देउवाले असोज २८ गतेको केन्द्रीय कार्यसमितिको बैठक बोलाए । पहिलो दिनमा आफैं उपस्थित भएर कार्यबाहक दिने तर राजीनामा नदिने निचोडमा देउवा पुगेका थिए । राजीनामा नदिई कार्यवाहक दिनुको अर्थ कुनै पनि बेला फर्कन सक्ने सन्देश थियो । यद्यपि उनले कार्यवाहक दिँदा सक्रिय राजनीतिमा नआउने भन्दै विधानले तोकेको समयभित्रै महाधिवेशन गर्न निर्देशन दिए ।
असोज २९ को बैठकमा नै ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन पार्टी कार्यालयमा दर्ता गरे । विधानमा ४० प्रतिशत हस्ताक्षरबाटै विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । त्यसरी माग भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था विधानमा छ । विशेष महाधिवेशनका लागि औपचारिक माग भएपछि केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनअगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विचारको द्वन्द्व सुरु भयो ।
संस्थापन र महामन्त्री द्वयबीच विवाद चर्किएको थियो । पछिल्लो क्रममा भएका छलफलबाट कांग्रेसको महाधिवेशन गर्ने सहमति बनेको हो । अन्ततः कार्यवाहक सभापति खड्काले सोमबार केन्द्रीय समिति बैठकमा ल्याएको महाधिवेशनको प्रस्तावित मिति र कार्यतालिका सर्वसम्मत पारित भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन काठमाडौंमा हुने तय भएको छ ।









फु गाउँको गोरेटो बाटो स्तरोन्नति
२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
बागलुङमा २१५ जनामा एचआइभी सङ्क्रमण
पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया