ओमप्रकाश अर्याल सल्लाहकार बनेर सहि सल्लाह दिएननः सुदन गुरुङ

समाधान संवाददाता २०८२ मंसिर १५ गते १८:१५

पोखरा ।’


तमु ह्युल छोेज धी गुरुङ राष्ट्रिय परिषद् कास्कीले आज पोखरामा विशेष कार्यक्रममार्फत युवा अगुवा सुदन गुरुङलाई सम्मान गरेको छ । सम्मान ग्रहणका क्रममा गुरुङले हालको राजनीतिक स्थितिबारे कडा अभिव्यक्ति दिँदै आफू र जेन–जेड पुस्ताले पु¥याएको योगदान ‘देश परिवर्तनका लागि त्यागिएको पद’ भएको बताएका हुन् । कार्यक्रममा बोल्दै गुरुङले विगतको आन्दोलन, नेतृत्व चुनिने प्रक्रियामा परेको विवाद, कानुनी सल्लाहकारहरूको भूमिकालगायत विषयमा स्पष्ट धारणा प्रस्तुत गरे । उनले आफूहरू कठिन परिस्थितिमा देशका लागि अग्रसर भएको दाबी गर्दै भने, ‘कफ्र्युमा पनि अगाडि बढ्यौं । देश डुब्न नदिन, भविष्य बचाउन युवा पुस्ताले नेतृत्व ग¥यो ।’

गुरुङले त्यतिबेला कानुनी सल्लाहकारका रूपमा रहेर निर्देशन दिएको भन्दै ओम प्रकाश अरियालप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

Advertisement


‘हामीलाई सही सल्लाह नदिएको कारण आज देश अपेक्षित परिवर्तनको दिशामा जान सकेन,’ गुरुङले भने, ‘अर्याल त्यतिबेला मसँगै बसेर कानुनी सल्लाह दिन्थे । तर त्यो सल्लाहले देशको परिवर्तनप्रति रहेको हाम्रो आशा मा¥या ।’
अर्यालले जेन जीको रगतमाथि टेकेर गृहमन्त्री बनेको उनले सुनाए । ‘हिजो हामीलाई अगाडि पछाडि गरेर सल्ला दिने गृहमन्त्री ओमप्रकाश अर्याल आज, यो मिलने त्यो मिलेन भनेर फाइदा लुटे,’ उनले भने , ‘त्यो बेला उहाँले भन्न सक्थे— तपाईँहरूको माग पूरा हुन सक्दैन, संविधान संशोधन बिना यो सम्भव छैन । तर त्यो भन्नुभएन । राजनीतिलाई पद र अवसरको नांगो खेल बनाएर युवाको भरोसा तोडियो ।’


गुरुङले आफू र आफ्नो टिमले आन्दोलनका दिनमा भोगेको कठिनाइ स्मरण गरे । ‘छ दिनसम्म एक थोपा पानी, एक चिम्टी भात पनि खाइएन । सिटामल खाएर लडिरह्यौँ । देशका लागि, नयाँ सोचका लागि, परिवर्तनका लागि हामीले त्यागेको पद कुनै सामान्य कुरा होइन,’ उनले भने । उनले अरु नेता भएको भए पद कहिल्यै छोड्दैनथे भन्दै व्यांगे गरे । ‘हामीले देशको हितका लागि प्रधानमन्त्रीदेखिका सबै सम्भावित पद त्याग्यौँ,’ गुरुङले थपे, ‘मलाई राष्ट्रपतिकोमा मलाई एक्लै बोलाइयो, तर म भनेँ— म एक्लै आउँदिन, म आफ्ना जेन–जेड दाजुभाइ–बहिनीहरूसँग आउँछु । किनकि उनीहरूले नै मलाई म्यान्डेट दिएका थिए ।’

Advertisement


उनका अनुसार युवापुस्ताले प्रधानमन्त्रीका लागि सुशिला कार्कीको नाम प्रस्ताव गरेका हुन् । ‘बालेन र हर्क साम्पाङले फोन उठाएनन् । त्यसपछि उहाँको नाम आयो । मैले त्यो जिम्मेवारी अभिभावकको रूपमा पूरा गर्नैपर्ने कर्तव्य ठानेँ,’ उनले भने ।
कार्यक्रमको मुख्य उद्देश्य गुरुङलाई युवापुस्ताको योगदान, सक्रियता र नेतृत्व क्षमताको सम्मान गरेको हो । परिषद्ले उनको सामाजिक चेतना र राजनीतिक सक्रियतालाई ‘युवा पुस्ताको आवाज प्रतिनिधित्व गर्ने प्रभावशाली पहिचान’ भन्दै सम्मानपत्र प्रदान ग¥यो । ‘देशका लागि युवाले गरेको त्यागलाई इतिहासले सम्झनुपर्छ । हामीले त्यागेको पद देशका लागि हो, परिवर्तनका लागि हो । व्यक्तिगत स्वार्थका लागि होइन,’ सुदन गुरुङले भने ।

तपाईको प्रतिक्रिया