पर्यटन प्रवर्द्धनका लागि १० देशका कलाकारको चित्रकला प्रदर्शनी

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।
कलामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताइन् । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रदर्शनीमा राखिएका छन् ।
‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरेका कलाकार उत्तम डंगोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भरेका छन् । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन् ।
उनले भने, ‘पशुपतिमा देखिने विषयहरु हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रुपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।’
तेल रंगमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काएकी छन् । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुरानो संस्कृति, गाउँ र परम्परालाई उनले देखाएकी छन् । उनले भनिन्, ‘परम्परागत कलामा प्रायः मानिसहरुको घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो हराएको संस्कृतिलाई उठान गरेकी छु ।’
उक्त कलाको संयोजन गरेकी कलाकार सुष्माराज भण्डारीले गणेशको सिरिज प्रस्तुत गरेकी छन् । उनले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतारेकी छन् । उनको चित्र एक लाखमा बिक्री समेत भइरहेको छ । अन्य पाँच/छवटा चित्रहरु बिक्री भएको पनि उनले बताइन् ।
नेपालसहित भारत, बंगलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसिया लगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।
नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डंगोल, विजय थापा लगायतका कलासमेत यहाँ समेटिएको छ । रासस









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया