सेजन अवार्ड पौडेल र तिमल्सिनालाई

काठमाडौं । यसवर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरिएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारिता क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा आर्थिक विषयवस्तुको प्रभावकारी उठान गर्ने आर्थिक पत्रकारलाई यी अवार्ड प्रदान गरिएको हो ।
सो समारोहमा स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार–२०८२’ गोरखापत्र दैनिकका भेषराज वेल्वासेलाई प्रदान गरिएको छ ।
सेजन अवार्ड २०८२ अन्तर्गतको अन्य विधामा छापामाध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमाण्डु डटकमका सुनिल कुँवरले अवार्ड प्राप्त गरे । त्यसैगरी ‘डा. भोला चालिसे लिवरल जर्नलिजम अवार्ड–२०८२’ नेपालन्युज डटकमका उद्धव थापा र अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीलाई प्रदान गरिएको छ ।
पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले सबै पुरस्कार प्राप्त पत्रकारहरूको नाम औपचारिक रूपमा घोषणा गरेका थिए । समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए ।
साथै, स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ । सेजनले आर्थिक पत्रकारिताको विकास, शैक्षिक उन्नयन र पेसागत मर्यादा अभिवृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ ।








उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया