मिडिया कम्प्याक्टबारे पोखरामा अन्तर्क्रिया

समाधान संवाददाता २०८२ मंसिर १५ गते १९:०९

पोखरा । पोखरामा सोमबार मिडिया कम्प्याक्ट र यसको कार्यान्वयसम्बन्धी अभिमुखीकरण भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग), युन वुमन, फर अल वुमन एन्ड गल्र्सको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रममा म्यागकी कार्यकारी निर्देशक बबिता बस्नेतले संस्थाले लैंगिक समानता र दिगो सामाजिक प्रगति प्राप्तिका लागि काम गरिरहेको बताइन् । ग्रासरुट पहलदेखि राष्ट्रिय नीति वकालतसम्म महिलालाई सूचित निर्णय लिन आवश्यक ज्ञान र उपकरणहरू छन् भनी सुनिश्चित गर्न अथक प्रयास गरिरहेको उनले सुनाइन् ।

वैदेशिक रोजगारी, लैंगिक–आधारित हिंसा, शान्ति र सुरक्षा, किशोरावस्थाका मुद्दा, राजनीतिक सहभागिता र निर्णय लिने जस्ता महत्वपूर्ण क्षेत्रहरुमा संस्थाले काम गरिरहेको उनले सुनाइन् । सोही क्रममा पछिल्ला केही महिनादेखि महिला राजनीतिकर्मी लक्षित लैंगिक उत्तरदायी सञ्चार माध्यम प्रतिवद्धताको क्षेत्रमा काम गरिरहेको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिइन् । सोही प्रतिवद्धताका लागि गण्डकी प्रदेशको पोखरामा यहाँका सञ्चारकर्मीसँग छलफल गर्न आएको उनले बताइन् ।

Advertisement

यसपछि म्यागले लुम्बिनी र बागमती प्रदेशमा प्रतिवद्धताका कार्यक्रम गर्दै छ । ड एक्याडेमीका एसिया रिसर्चर उमेश पोखरेलले मिडियामा महिला राजनीतिकर्मीमा हुने व्यवहार लगायत विषयमा छलफल हुन आवश्यक रहेको बताए । सोही अनुसार म्यागसँग मिलेर काम गरिरहेको उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले म्यागले उदारहणीय काम गरेको बताइन् । आगामी दिनमा म्याग जस्ता महिला सञ्चारकर्मीको क्षेत्रमा काम गर्ने संघ, संस्थाको सहकार्यमा प्रेस रजिस्ट्रारको कार्यालयबाट कार्यक्रम गर्ने उनले सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया