डायमण्ड रनिङ सिल्ड सुरु : फुटबल र भलिबलमा सिनियर टिमको वर्चस्व, १९ गतेसम्म चल्ने

पोखरा ।
पोखरा–२७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयको वार्षिक खेलकुद उत्सव ‘डायमण्ड रनिङ सिल्ड–२०८२’ सुरु भएको छ । पोखरा–२९ भण्डारढिकस्थित रङ्गशालामा आइतबार आयोजित एक कार्यक्रमबिच प्रतियोगिताको उद्घाटन गरियो । प्रतियोगिता आगामी मंसिर १९ गतेसम्म चल्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले डायमण्ड मावि उत्कृष्ट विद्यालयको सूचीमा अग्रस्थानमा रहेको बताए । उनले विद्यालयले विगतदेखि नै ‘रत्नरुपी’ विद्यार्थी उत्पादन गर्दै आएको भन्दै प्रशंसा गरे ।
विद्यालयका प्राचार्य यमबहादुर रोकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि २०७५ सालदेखि नै यो कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए । अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङका अनुसार प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, टेबलटेनिस र एथलेटिक्स खेल समावेश छन् । खेलाडीको स्वास्थ्य सुरक्षाका लागि नर्स सरिता परियारको नेतृत्वमा मेडिकल टोली र स्वयंसेवक खटिएका छन् ।
पहिलो चरणका खेलहरूमा विभिन्न टिम विजयी भएका छन् । फुटबलतर्फ कक्षा ६–८ को समूहमा ‘आठ बेगनास’ र ‘आठ फेवा’ विजयी भए । कक्षा ९–१२ समूहमा ‘टिम बिस्ट’ र ‘१२ साइन्स’ ले बाजी मारे । छात्राहरूको भेट्रान समूहमा ‘ब्याच ८८ स्यान्की’ र ‘ढुक्क एफसी’ विजयी भए ।
क्रिकेटतर्फ ‘टिम सन्देश’ र भलिबलमा ‘१२ इनोभेसन टिम मंगोलियन’ विजयी भएको शिक्षक राजन परियारले जानकारी दिए । ब्याडमिन्टन छात्रतर्फ आदित्य खत्री, अभिजित खनाल, रुपेश खत्री, पुस्कल बराल, आयुष पौडेल र दर्शन तिवारी विजयी भए । छात्रातर्फ श्रेया श्रेष्ठले जित हात पारिन् । विजयी खेलाडी तथा टिम फाइनल चरणका लागि छनोट भएका छन् ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रदीप पोखरेलले गरेका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया