वालिङमा सडक खाना महोत्सव, शुक्रबार सार्वजनिक बिदा

समाधान संवाददाता २०८२ मंसिर १६ गते १४:०३

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले ‘प्रथम सडक खाना महोत्सव २०८२’ को अवसरमा नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले मङ्सिर १९ गते शुक्रबार आयोजना हुन लागेको महोत्सवलाई भव्य रूपमा मनाउन सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले मङ्सिर १६ गते एक सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी गराएको छ । नगर प्रमुख कृष्ण खाँणद्वारा जारी सूचना अनुसार मङ्सिर १९ गते शुक्रबार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्थाहरू बन्द रहनेछन् ।

वालिङ नगरपालिकाको आयोजनामा हुन लागेको यो पहिलो सडक खाना महोत्सव हो । महोत्सवमा जनसहभागिता बढाउन र कार्यक्रमलाई भव्य बनाउन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया