वालिङमा सडक खाना महोत्सव, शुक्रबार सार्वजनिक बिदा
समाधान संवाददाता
२०८२ मंसिर १६ गते १४:०३

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले ‘प्रथम सडक खाना महोत्सव २०८२’ को अवसरमा नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले मङ्सिर १९ गते शुक्रबार आयोजना हुन लागेको महोत्सवलाई भव्य रूपमा मनाउन सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले मङ्सिर १६ गते एक सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी गराएको छ । नगर प्रमुख कृष्ण खाँणद्वारा जारी सूचना अनुसार मङ्सिर १९ गते शुक्रबार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्थाहरू बन्द रहनेछन् ।
वालिङ नगरपालिकाको आयोजनामा हुन लागेको यो पहिलो सडक खाना महोत्सव हो । महोत्सवमा जनसहभागिता बढाउन र कार्यक्रमलाई भव्य बनाउन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया