एनपिएलः कर्णालीविरुद्ध पोखराले ब्याटिङ गर्दै
समाधान संवाददाता
२०८२ मंसिर १६ गते १६:००

काठमाडौँ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’मा पुग्न महत्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो ।
सम्बन्धित







पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया