सामसङका टिभीमा छुट

समाधान संवाददाता २०८२ मंसिर १६ गते १६:५६

पोखरा ।
सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपिएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्लोबल नम्बर १ टिभीहश्र ग्राहकका लागि अझ पहुँचयोग्य बनाउने उद्देश्यले प्रिमियम क्युएलइडीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराएको हो ।


यो योजनाले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ ।
सामसङले ८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी र उन्नत स्मार्ट फिचरहरूसहितका टिभीहरुले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्ने बताएको छ । यसले घरमै ‘स्टेडियम–जस्तो’ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । सामसङका नवीनतम एआई टिभी लाइनअप क्युएलइडी र युएचडीमा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश गरिएका छन् ।


यसमा भएको ४ के एआई अपस्केलिङले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ भने सामसङ नक्स सेक्युरिटीले सुरक्षित, भरपर्दो र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ ।

Advertisement


कम्पनीले सार्वजनिक गरेको अफर अनुसार विभिन्न क्याटेगोरीमा फरक फरक छुट र बोनसको व्यवस्था छ । ५५ देखि ८५ इन्चसम्मका क्युएलइडी टिभीमा १९ प्रतिशतसम्म छुट र ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तोकिएको छ । यस्तै, ४३ देखि ८५ इन्चसम्मका युएचडी टिभीमा २१ प्रतिशतसम्म छुट र ४ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाइनेछ । ४३ इन्चको एफएचडी टीभीमा ३३ प्रतिशतसम्म छुट उपलब्ध छ भने ३२ इन्चको एचडी टिभी खरिद गर्दा ग्राहकले २१ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


सामसङले आफ्ना टि, ए, बी, सी, डी र एफ सिरिजका टिभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ । यसले उत्पादनमा हुन सक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिने कम्पनीले जनाएको छ । ग्राहकले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्नेछन् ।

Advertisement

यसका साथै ग्राहकले सामसङ इन्स्टाफाइनान्स सेवामार्फत आफूलाई पायक पर्ने सामसङ होम अप्लायस् खरिद गर्न सक्नेछन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित यो सेवामार्फत ० प्रतिशत ब्याजदरमा सजिला इएमआई विकल्प प्राप्त गर्न सकिन्छ । यो प्रक्रिया झन्झटमुक्त रहेको र यसका लागि केवल नागरिकतामात्र आवश्यक पर्ने कम्पनीले बताएको छ ।

नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।

तपाईको प्रतिक्रिया