नोभेम्बरमा सवा लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं ।
सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार ५ सय ५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो ।
जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४, चीनबाट ७ हजार ८ सय ७१, बेलायतबाट ७ हजार १ सय ८९, बंगलादेशबाट ५ हजार ६ सय ५३, अष्ट्रेलियाबाट ५ हजार ३ सय ९३, श्रीलंकाबाट ४ हजार ८ सय ३१, म्यानमारबाट ४ हजार ४ सय ८४, फ्रान्सबाट ४ हजार २ सय ११ र जर्मनीबाट ४ हजार १ य ३४ पर्यटक भित्रिएका हुन् ।
क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८ सय ७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६ सय १३, युरोपबाट ५ हजार ८ सय ९१, अमेरिकाबाट १३ हजार ६ सय ७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८ सय २, अफ्रिकाबाट ४ सय १२ र अन्य मुलुकबाट ६ हजार २ सय ६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २ सय ६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४ सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६ सय ८० पर्यटक नेपाल भित्रिएका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया