मिडियामा महिला राजनीतिकर्मीलाई कम स्थान

पोखरा ।
मिडियामा महिला राजनीतिकर्मीलाई कम स्थान दिने गरेको टिप्पणी भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले सार्वजनिक गरेको तथ्यांक अनुसार मिडियामा महिला राजनीतिकर्मीलाई ११ प्रतिशत स्थान पाउने गरेको देखिन्छ ।
म्यागले मंगलबार पोखरामा आयोजना गरेको ‘महिला राजनीतिकर्मीले मिडियामा पाएको स्थान’ विषयक अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । पछिल्लो ६ महिनामा काठमाडौंबाट प्रकाशित हुने मुल धारका दैनिक पत्रिकामा गरिएको अनुगमनमा ११ दशमलव २३ प्रतिशत समाचार महिला राजनीतिकर्मीका शीर्षकका समाचार भेटिएको ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले जानकारी दिइन् । त्यस अघिको अघिल्लो ३ महिनामा ११ दशमलव ४३ प्रतिशत थियो ।
परराष्ट्र मन्त्री आरजु देउवा राणा, सञ्चार मन्त्री रेखा शर्मा, शिक्षा मन्त्रीद्वय विद्या भट्टराई र सुमना श्रेष्ठ भएकै कारण उक्त संख्या वृद्धि भएको कार्यकारी निर्देशक बस्नेतले सुनाइन् । सन् २०२३ जनवरीदेखि मार्चसम्म ३ महिनाको अनुगमनमा भने ६ दशमलव ४ प्रतिशत र त्यस अघिको ६ महिनामा ५ दशमलव ८४ प्रतिशन स्थानमा महिला राजनीतिकर्मीका समाचार प्रकाशित हुने गरेका तथ्यांक देखिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा पोखराका मिडियाले महिला राजनीतिकर्मीहरुलाई कसरी प्रस्तुत गरेको छ भन्ने विषयमा छलफल गरिएको थियो । म्यागकी कार्यकारी निर्देशक बस्नेतले संस्थाले लैंगिक समानता र दिगो सामाजिक प्रगति प्राप्तिका लागि काम गरिरहेको बताइन् । ग्रासरुट पहलदेखि राष्ट्रिय नीति वकालतसम्म महिलाहरूलाई सूचित निर्णय लिन आवश्यक ज्ञान र उपकरणहरू छन् भनी सुनिश्चित गर्न अथक प्रयास गरिरहेको उनको भनाइ थियो । वैदेशिक रोजगारी, लैंगिक–आधारित हिंसा, शान्ति र सुरक्षा, किशोरावस्थाका मुद्दाहरू, राजनीतिक सहभागिता र निर्णय लिने जस्ता महत्वपूर्ण क्षेत्रहरुमा संस्थाले काम गरिरहेको उनले सुनाइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु सरस्वती गुरुङ, दमयन्ती रुचाल, कुसुम बुढा पुन, सुनीता थापासहित विभिन्न दल आवद्ध महिला नेतृ र पत्रकारहरुले अनुभव साटासाट गरेका थिए ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया