३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

समाधान संवाददाता २०८२ मंसिर १७ गते ६:३१

काठमाडौं ।

‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ आज ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

Advertisement

दिवसका अवसरमा नेपाल सरकार, विभिन्न सरोकारवाला निकाय र सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । यो दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता र सम्मानलाई सुनिश्चित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई स्मरण गराउँछ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने हक सुनिश्चित गरेको छ । तर कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन फितलो रहेको गुनासो उठ्ने गरेको छ ।

Advertisement

विशेषगरी सार्वजनिक स्थलहरू अपाङ्गतामैत्री हुन सकेका छैनन् । कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क तथा मठमन्दिर जस्ता सार्वजनिक र निजी संरचनाहरू अपाङ्गता भएका व्यक्तिको आवश्यकता अनुसार निर्माण हुनुपर्ने अनिवार्य आवश्यकता छ ।

तपाईको प्रतिक्रिया