बेलायतमा ७ बालिका र १ महिलालाई बलात्कार गर्ने नेपालीलाई २५ वर्ष जेल सजाय

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका एक नेपालीलाई ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको कसुरमा २५ वर्षको जेल सजाय सुनाइएको छ । पिटरबरोमा बस्ने ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले यो सजाय तोकेको हो ।
ढकालले विगत १९ वर्षभन्दा लामो समयदेखि ती पीडितहरूमाथि पटकपटक बलात्कार तथा यौन दुराचार गरेको अदालतको ठहर छ । पीडितमध्ये एक जना वयस्क महिला हुन् भने अन्य ७ जना घटना हुँदा बालिका थिए । तीमध्ये सबैभन्दा कम उमेरकी बालिका जम्मा ८ वर्षकी थिइन् ।
सन् २०२३ को नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग घटनाबारे बताएपछि ढकालको अपराध सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सुरुमा एक जनाले उजुरी गरे पनि अनुसन्धानका क्रममा अन्य पीडितहरू पनि खुलेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पीडितहरूमध्ये ७ जना क्याम्ब्रिजसायर क्षेत्रका हुन् भने एक जना लन्डनकी हुन् । लामो समयसम्म कसैले आफ्नो कुरा विश्वास नगर्ने डरले पीडितहरूले घटनाबारे मुख नखोलेको बताइएको छ ।
नेपालमा काठमाडौं घर भएका ढकाल केही वर्षयता पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया