कन्या क्याम्पसमा परिवार नियोजन अभियान कार्यक्रम

समाधान संवाददाता २०८२ मंसिर १७ गते १६:०८

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले सञ्चालन गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संञ्चालन गरिएको छ ।

Advertisement


२४ वटा विद्यालय तथा कलेजसम्म संञ्चालन गर्ने गरी अभियानलाई तीव्र पारिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थी लक्षित कार्यक्रम गरिएको सभापति सिग्देलको भनाइ छ ।


कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल, वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए ।

Advertisement


नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया