एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
समाधान संवाददाता
२०८२ मंसिर १७ गते १६:३०

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माका कान्छा छोरा साकार शर्माको निधन भएको छ । बोनम्यारो क्यान्सरबाट पीडित १२ वर्षीय साकारको सोमबार राति २ बजेतिर पर्वतको जलजलास्थित घरमै निधन भएको हो ।
पोखराको एसओएस हर्मन माइनर स्कुलमा कक्षा ६ मा अध्ययनरत साकारलाई ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि उनलाई काठमाडौं ल्याइएको थियो । तर, गएराति उनको घरमै निधन भयो ।
शर्माका दुई छोरामध्ये साकार कान्छा हुन् । उनको मंगलबार म्याग्दीमा अन्तिम संस्कार गरिएको छ । उनको निधनमा एसओएस स्कुलले शोक बिदा दिएको छ । पुत्र शोकमा परेका शर्मालाई विभिन्न दलका नेता तथा कार्यकर्ताले समवेदना व्यक्त गरेका छन् ।
सम्बन्धित









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया