‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा ।
निट डेन्टल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो ।
फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।
पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार घोषणासँगै पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष राखिएको छ । निटको तेस्रो वार्षिकोत्सव मंसिर २६ गते भएकाले पुरस्कार स्थापनासँगै प्रतिभा छनोट समिति गठन गरिएको फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । यो पुरस्कार फोनिजमा मात्र सीमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्न सक्ने उपाध्यक्ष गुरुङले बताए । ‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हरेक वर्षको मंसिर २६ गते १ पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ ।’









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया