टेनिसमा १६ खेल सकिए

पोखरा ।
आइटिएफ जे ३० वल्ड टेनिस टुर पोखरा सर्किट १ राउन्ड अफ–१६ अन्तर्गतका खेल उत्साहजनक रुपमा सकिएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्स/डबल्स तथा गल्र्स सिंगल्स÷डबल्सतर्फ राउन्ड अफ १६ का खेल सकिएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस सेन्टरमा जारी प्रतियोगिताको ब्वाइज सिंगल्सतर्फ भारतका फÞजÞल अली मीर र नेपालका आयुष्मान हजुर घलेको खेल रोचक रह्यो । तेस्रो सेटमा रिटायर्ड हुदा खेल छोड्न बाध्य भए । पहिलो र दोस्रो सेट १–१ ले आफ्नो पक्षमा परोका थिए । भारतीय खेलाडी फजल ६–७(१), ६–०, १–० खेल जित्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरे ।
दक्षिण कोरियाका युल हो जुंगले भारतका निकुंज खुरानालाई ६–१, ६–० ले सहज रूपमा हराउँदै अन्तिम ८ मा प्रवेश गर्दा भारतका हर्ष मारवाहाले चीनका यांशुओ पानलाई १–६, ६–४, ६–२ ले हराउँदै उत्क्रमण पूरा गर्दै क्वार्टर फाइनलमा ठाउँ बनाएका छन् । नेपालका प्रणव मानन्धरले भारतका शशांक साई प्रसाद कर्नाटीलाई ६–०, २–६, ६–० ले पराजित गर्दै अन्तिम आठमा पुगे भने श्रीलंकाका गनुका फर्नान्डोले नेपालका दर्शिल श्रेष्ठलाई ६–०, ६–२ ले हराउँदै क्वार्टरफाइनल यात्रा जारी राखे ।
भारतका प्रतीक श्योरनले सिंगापुरका रोबर्ट दोल्यालाई ७–६(३), ५–७, ७–६(७) को कडा खेलमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका छन् । गल्र्स यु १८ सिंगल्सको राउन्ड अफ १६ मा भारतकी शताक्षिका सहायक शीर्ष सिडेड प्राप्त नेपालकी सुनिरा थापालाई ७–६(५), ६–४ ले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा अघि बढाएकी छन् । ताइपेकी के–चिएह ह्सुले भारतकी जान्हवी तम्मिनीडीलाई ६–४, ६–१ ले हराइन् भने भारतकी अनन्या जैनले सहदेशी ईशा शर्मालाई ६–१, ६–० ले सहजै पराजित गरिन् । क्यानाडाकी नोरा चौधरीले भारतकी ध्रुती गुन्डूलाई ६–३, ६–० ले हराउँदै अन्तिम आठमा स्थान बनाइन् ।
भारतकी रञ्जना संग्रामले पाँचौँ वरीयता प्राप्त सहदेशी सौम्या चटर्जीलाई ६–०, ६–१ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले भारतकी मेहा पाटिललाई ६–०, ६–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरिन् । भारतकी तेजस्वी मानेनीले आठौँ वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई ६–२, ६–३ ले हराइन् । जबकि भारतकी कार्तिका पद्माकुमारले चिनियाँ खेलाडी युनर चीलाई ६–०, ६–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्न सफल भए ।
विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक, क्वाटर फाइनालिस्टले ५ र आर १६ ले २ अंक पाउने
ब्वाइज डबल्स यु १८ को क्वार्टर फाइनलमा दक्षिण कोरियाका ह्योजिन हा र युल हो जुंगको जोडीले बंगलादेशका खब्बो गाएन र दोस्रो वरीयता प्राप्त चिनियाँ खेलाडी जियालियाङ गुडोको जोडीलाई ७–६(५), ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । गल्र्स डबल्स यु १८ को क्वार्टर फाइनलमा भारतकी शताक्षिका सहायक र न्यूजिल्यान्डकी बोइदेही उकिलको जोडीले चिनियाँ युनर ची र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–०, ६–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।
मंसिर २७ गतेसम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना छन् । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीको सहभागिता छ ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक, क्वाटर फाइनालिस्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्ने छन् । डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिस्टले ६ अंक, क्वाटर फाइनालिस्टले ३ अंक प्राप्त गर्ने छन् ।
प्रतियोगिता ब्वाइज सिंगल्स तथा डबल्स÷गल्र्स सिंगल्स तथा डबल्स गरी ४ इभेन्टमा प्रतियोगिता सञ्चालन हुने छन् । जसमा विजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता गर्न१७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश लगायतको सहकार्य रहेको कास्की टेनिसका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया