रेडक्रसको आधारभुत प्रथामिक उपचार तालिम सुरु

लेखनाथ ।
नेपाल रेडक्रस सोसाईटी कास्कीकाे आयाेजनामा चार दिने आधारभुत प्रथामिक उपचार तालिम सुरु भएकाे छ।
पोखरा महानगरपालिका वडा नम्वर १० देखि १५ सम्म र २६ देखि ३३ सम्मका उपशाखा, मादी र रुपा गाउँपालिकाका उपशाखाका प्रतिनिधीहरुलाई विपद् तथा दुर्घटनाका समयमा अपनाउनुपर्ने उपचारका विधी र तरिकाका बारेमा तालिम प्रदान गर्न लागिएकाे हाे ।
मंसिर २० गतेसम्म चल्ने तालिमको बुधवार सुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाकी सभापति उर्मिला खड्काले आपत विपद् थाह दिएर नआउने भएकाले त्यसका लागि पूर्व तयारी अपनाउनु पर्ने बताइन् ।
प्रत्येक उपशाखामा आधारभुत प्रथामिक उपचारका विषयमा जानकार जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरिएकाे उनकाे भनाइ छ ।
कास्की शाखाका उपसभापति रमा न्यौपानेले विपदका समयमा हुनसक्ने सम्भावीत घटनालाई मध्यनजर गरेर आधारभुत प्राथमिक उपचारका बारेमा जानकारी पुर्याउन सकेमा कम क्षेती हुने बताइन् ।
पोखरा महानगरपालिका वडा नं २७ का वडासदस्य सूर्यबहादुर वाग्लेले कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर वडाले पनि विपद ब्यवस्थापन समिति गठन गरि बजेटको ब्यवस्थापन गरेको बताए ।
लेखनाथ उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रक्षा भटराईले धन्यवाद सहित कार्यक्रमको उद्देश्य र उपयोगिताका बारेका जानकारी गराएकी थिइन् । उपशाखाका सचिव प्रभा पौडेलले कार्यक्रम संञ्चालन र सदस्य विष्णुकुमारी लामिछानेले सात सिद्धान्त पाठ वाचन गरेकी थिइन् ।
तालिममा नवराज भण्डारी, राजेश घिमिरे, मोहनशिंह खड्का र लिला देवकोटाले प्रशिक्षण दिनेछन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया