प्रतिनिधि सभा निर्वाचन : शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा

काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । मतदानको मिति आउन अब ९० दिन मात्र बाँकी छ । समय नजिकिँदै गर्दा निर्वाचन आयोग र राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन् ।
आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत शनिबारदेखि नै समानुपातिक तर्फको प्रक्रिया थाल्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शनिबार (मंसिर २१ गते) दलहरूले समानुपातिक प्रणालीका लागि निवेदन दिनुपर्नेछ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । आवेदन दिएका दलहरूको सूची मंसिर २४ गते प्रकाशित हुनेछ ।
दलहरूले आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूची बुझाउन बिहान १० देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची भने माघ ३० गते प्रकाशित हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । जसअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारीमाथि विरोधमा उजुरी दिने समय तोकिएको छ ।
आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया