प्रतिनिधि सभा निर्वाचन : शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा

काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । मतदानको मिति आउन अब ९० दिन मात्र बाँकी छ । समय नजिकिँदै गर्दा निर्वाचन आयोग र राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन् ।
आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत शनिबारदेखि नै समानुपातिक तर्फको प्रक्रिया थाल्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शनिबार (मंसिर २१ गते) दलहरूले समानुपातिक प्रणालीका लागि निवेदन दिनुपर्नेछ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । आवेदन दिएका दलहरूको सूची मंसिर २४ गते प्रकाशित हुनेछ ।
दलहरूले आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूची बुझाउन बिहान १० देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची भने माघ ३० गते प्रकाशित हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । जसअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारीमाथि विरोधमा उजुरी दिने समय तोकिएको छ ।
आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया