नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति

काठमाडौं।
नेपालमा अब १ सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट (भारु) चलाउन पाइने भएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले नेपालमा ठुला दरका भारु चलाउन अनुमति दिएसँगै यसका लागि बाटो खुलेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आरबिआईको अनुमतिसँगै अब नेपालमा २०० र ५०० दरका भारु नोट चलनचल्तीमा आउनेछन् । यद्यपि, यो व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले औपचारिक परिपत्र जारी गर्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशनका कारण हाल नेपालमा १०० रुपैयाँ दरका भारु मात्र चल्दै आएका छन् ।
भारतमा हाल १००, २०० र ५०० दरका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २ हजार दरका नोट छाप्न बन्द गरिसकेको छ । सन् २०१६ मा भारतले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका ती दरका नोट अझै साटिएका छैनन् । सोही समस्याका कारण राष्ट्र बैंकले नेपालमा ठुला दरका भारतीय नोटको कारोबारमा रोक लगाएको थियो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया