अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै

काठमाडौं ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सदस्य राष्ट्रहरूले हरेक वर्ष डिसेम्बर ५ मा यी दुवै दिवस मनाउने गर्छन् ।
स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्न र सेवाको भावना प्रवर्द्धन गर्न सन् १९८५ देखि यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो ।
दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले प्राकृतिक विपद्, द्वन्द्व र गरिबी निवारणमा खटिने स्वयंसेवकहरूको त्याग र साहस विश्वका लागि प्रेरणाको स्रोत भएको बताए । राष्ट्रसंघका १६९ सदस्य देशमा शान्ति र न्यायका लागि स्वयंसेवकहरू क्रियाशील छन् ।
यस्तै स्वस्थ माटोको महत्त्व बुझाउन र यसको दिगो व्यवस्थापनका लागि विश्व माटो दिवस पनि आजै मनाइएको छ । सन् २०१३ मा राष्ट्रसंघले यो दिवस मनाउने घोषणा गरेको थियो ।
दिवसका अवसरमा माटो संरक्षण, दिगो कृषि र जलवायु परिवर्तनको असर कम गर्ने उपायबारे बहस हुने गरेका छन् । कृषि उत्पादन र मानव अस्तित्वमा माटोको भूमिका महत्त्वपूर्ण भएकाले यसको संरक्षणमा विश्व समुदायलाई सचेत गराउन यो दिवस मनाउने गरिएको हो ।
.









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया