हेम र सरला सम्मानित हुने

पोखरा ।
अपांग अधिकारकर्मी हेमबहादुर गुरुङ र सरला दासलाई कोइराला सेवा समाज नेपाल कास्कीले सञ्चालन गरेको राष्ट्रिय स्तरको शान्तबहादुर कोइराला अक्षयकोष सम्मान २०८२ बाट सम्मान गरिने भएको छ ।
समाजको २० औं साधारण सभाको सन्दर्भमा गुरुङ र दासलाई यही मंसिर २० गते सम्मान गर्न लागिएको हो । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष गुरुङ र समुदायमा आधारित पुनस्थापना सेवा (सिबिआरएस)को कार्यसमितिका सदस्य दास अपांगताका प्रकृतिमध्ये दुवै शारीरिक अपांग हुन् ।
गुरुङ र दासलाई अपांगताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनही २५ हजार ५ सय ५५ नगदसहित सम्मान गर्न लागिएको समाजका अध्यक्ष कृष्णप्रसाद कोइरालाले जानकारी दिए । स्वर्गीय शान्तबहादुर कोइरालाकी श्रीमती फन्नाकुमारी खड्का कोइराला, जेठा छोरा सञ्जीवबहादुर कोइराला र परिवारबाट अक्षयकोष स्थापना गरिएको हो ।
१० लाख रुपैयाँको अक्षयकोषबाट बर्सेनी प्राप्त हुने ब्याजबाट अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्न कोष स्थापना गरिएको हो । सो पुरस्कारको राशि नगद ५५ हजार ५ सय ५५ रुपैयाँ छ । कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका पुरस्कारका संस्थापक कोइरालाले बाबा शारीरिक रुपमा अपांग भएपछि भोगेका समस्या अवगत गराए ।
बाबा शान्तबहादुर ३२ वर्षको उमेरमा घरको झ्यालबाट खसेर अपांग भएको जानकारी दिँदै उनले अभिभावक अपांग भएपछि भएको सामाजिक अवहेलना सविस्तार सुनाए । बाबा अपांग भएपछिको अवस्थालाई हेरेर छिमेकीले गिज्याएको स्मरण गर्दै उनले परिवारको मूली अशक्त हुँदा भोग्नुपरेको व्यवहारलाई सम्झेर कोष स्थापना गरिएको जानकारी दिए ।
२०५४ मंसिर १७ गते गंगा थापा कोइरालासँग विवाह गरेका कोइरालाले विवाहको २५ औं वार्षिकोत्सवको सन्दर्भमा बाबाको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
अपांगता भएका व्यक्तिका समस्या र भावनालाई बुझ्ने काम सबैको भएको उल्लेख गर्दै उनले अपांगता भएका व्यक्तिलाई सकारात्मक व्यवहार गर्नुपर्ने धारणा राखे । कार्यक्रममा कोइराला सेवा समाज नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रनिधि कोइराला, अध्यक्ष कोइराला, सचिव प्रकाश कोइरालाले सम्मानबारे बोलेका थिए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया