चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत ४ मोटरसाइकल चालक पक्राउ परेका छन् । पोखराका विभिन्न स्थानमा ठूलो आवाज निकाली समाजलाई आतंकित पार्दै प्रहरीसँग विवाद गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । स्वरुप बिगारेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुले प्रहरीसँग नै वादविवाद र झैझगडा गरेका थिए । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १४ बस्ने २० वर्षका मनिष केसी छन् । उनले ग२१प ६१७१ नम्बरको मोटरसाइकल चलाएका थिए । पोखरा ८ बस्ने २२ वर्षका कृष्ण मल्ललाई पनि प्रहरीले पक्राउ गरेको छ । मल्लले लु ३०प ५५६१ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए ।
प्रहरीले पोखरा २४ बस्ने २४ वर्षका मनोज नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । उनले ग२०प २९२२ नम्बरको मोटरसाइकल चलाएर होहल्ला गरेका थिए । पोखरा १७ बस्ने २७ वर्षका विशेष पुर्जा पनि पक्राउ परेका छन् । उनले ग१५प २०४७ नम्बरको मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीले अपरेसन ३६५ अभियान अन्तर्गत हालसम्म १ सय ८९ मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरेर छोडेको तथ्यांक सार्वजनिक गरेको छ । कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले सहरी तथा ग्रामीण क्षेत्रमा होहल्ला गर्दै हिँड्ने र ध्वनी प्रदूषण गर्नेलाई कारबाही तीव्र पारिएको बताए ।
प्रहरी निरीक्षक पाण्डेले कसैको वडा एरियामा त्यस्ता मोटरसाइकल चलाएको देखेमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा फोन गर्न आग्रह गरे । उनले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने भन्दै सूचना दिने व्यक्तिको गोपनियता पूर्ण रूपमा सुरक्षित रहने जानकारी दिए । समाजमा शान्ति सुरक्षा कायम गर्न र ध्वनी प्रदुषण नियन्त्रण गर्न प्रहरीले यो अभियान चलाएको जनाएको छ ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया