एमाले सचिवमा जगत विश्वकर्माको उम्मेदवारी हुने

पोखरा
नेकपा एमालेका युवा नेता जगत विश्वकर्मा पार्टीको ११ औं महाधिवेशनमा सचिवको उम्मेदवार हुने भएका छन् । उनले समाधानन्युज डटकमलाई आफू उम्मेदवार हुने पुष्टि गरे ।
अहिले एमाले पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा दसौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए । त्यसो त ९ औं महाधिवेशनबाट पनि उनले सोही जिम्मेवारी पाएका थिए । त्यसअघि २०६५ सालमा भएको ८ औं महाधिवेशनबाट भने विश्वकर्मा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
‘राष्ट्रिय राजनीतिमा जे जति चुनौती छन्, तिनको सामना गर्न, नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न, जबजको कार्यान्वयन गरी नेपालको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरण गरी विकास र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्यले मेरो उम्मेदवारी हुनेछ,’ उनले भने ।
विश्वकर्मा २०७४ सालको आमनिर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी केपी ओली नेतृत्वको सरकारमा ३ वर्ष युवा तथा खेलकुद मन्त्री बने । आफू मन्त्री बनेका बखत नै खेलकुद विकास ऐन जारी गरेको उनी सम्झन्छन् । दशरथ र पोखरा रंगशालासहित ७ प्रदेशमा खेलकुदका पूर्वाधारहरु निर्माण गरी खेल पूर्वाधारमा फड्को मार्न सफल भएको उनको भनाइ छ । आफ्नै पालामा तेह्रो एसियाली खेलकुद (साग) को सफल आयोजना गरेको र नेपालले ५१ औं स्वर्णपदकसहित दोस्रो स्थान बनाएको पनि विश्वकर्माले सम्झिए ।
२०५४ सालमा कास्कीको लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका विश्वकर्मासँग नेकपा एमाले लमजुङ, मनाङ र कास्कीको इन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ । त्यसो त उनले पार्टीको साविक गण्डकी अञ्चल इन्चार्ज एवं प्रदेश संरचना बनिसकेपछि पनि प्रदेश कमिटीको सचिव र अध्यक्ष तथा सहइन्चार्जको जिम्मेवारी पनि सम्हालेका थिए । अहिले उनी नेकपा एमाले खानेपानी तथा सरसफाइ विभागको प्रमुख छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया