हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण

पोखरा
भाषाविद् तथा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित हेमजा साहित्य महोत्सव शनिबार सकिएको छ । समापनका अवसरमा कवि उपाध्यायलाई उनको जन्मथलो हेमजामै भव्य अभिनन्दन गरिएको हो ।
उपाध्यायको सम्मानमा विष्णुपादुका माविको चौरदेखि साहित्य महोत्सव आयोजनास्थलसम्म विशेष झाँकी निकालिएको थियो । झाँकीमा उनको साहित्यिक यात्राका महत्वपूर्ण पक्ष समेटिएको मूल समारोह समितिका उपाध्यक्ष कोविदशरण उपाध्यायले बताए । महोत्सव समापनका क्रममा विभिन्न कृतिको लोकार्पण पनि भयो । साहित्यिक र सांस्कृतिक प्रस्तुति पनि देखाइयो । संयोजक छन्दमणि त्रिपाठीका अनुसार स्थानीय कला संस्कृति झल्किने प्रदर्शनी पनि गरिएको थियो ।
यो महोत्सव शुक्रबार सुरु भएको थियो । २ दिनसम्म चलेको कार्यक्रममा देशभरका सयभन्दा बढी स्रष्टा जम्मा भए । पहिलो दिन विभिन्न विधामा विमर्श भयो । नाटक, महाकाव्य, आख्यान र कविताका विविध रूपमाथि चर्चा गरियो ।
नेपाली नाटक र रङ्गमञ्चबारे प्राडा रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे । यो सत्रको सहजीकरण प्राञ्जलले गरेका थिए । ‘वर्तमान समयमा महाकाव्य लेखन’ विषयमा पनि छलफल भयो । यसमा डा. नवराज लम्साल, माधव वियोगी र डा. रमेश शुभेच्छु सहभागी थिए । बहसमा प्राडा जगन्नाथ रेग्मीले सहजकर्ताको भूमिका निभाए ।
आख्यानको बहसमा ज्ञानु अधिकारी, डा. रजनी ढकाल र तीर्थ गुरुङले भाग लिए । यसलाई डा. भूमिराज बस्ताकोटीले चलाए । महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता वाचनसमेत भए । जीवनसागर भण्डारी, सरु लामिछाने, डा. ईश्वरमणि अधिकारी, रामचन्द्र शर्मा, रुपिन्द्र प्रभावी, लोकराज अधिकारी, राजन बराल, रामचन्द्र क्षत्री, लक्ष्मण थापा, इन्दिरा चापागाईँ, कल्याण पन्त, गीता तिवारी, टुकादेवी आचार्य, कल्पना भट्टराई र लक्ष्मी थापा लगायतले पनि आआफ्ना सिर्जनासहित महोत्सवमा सहभागिता जनाए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया