लेकसाइडका सडकमा बस पार्किङ निषेध

पोखरा ।
पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि यहाँको सडकमा बस पार्किङ रोकिएको छ । समस्या बढेपछि समाधानका लागि विभिन्न सामुदायिक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामले यसबारे शनिबार छलफल आयोजना गरे ।
स्थानीय तह, सुरक्षा निकायसहित सरोकारवालाबिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडमा बसलाई सडकमा पार्किङ गर्न रोक लगाइने भएको छ । ठूला सवारी साधानलाई अहिलेका लागि पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा राख्ने व्यवस्था गरेको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए । अहिले भ्रमण आउने बस र भारतीय नम्बरका बस सडकमै पार्किङ गरिँदा सडक अस्तव्यस्त बनेको उनको भनाइ छ ।
अध्यक्ष बरालले सडक सुरक्षा र व्यवस्थापनका लागि कार्यदल निर्माण गरी दीर्घकालीन समाधान खोजिने बताए । पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइडको मुख्य सडकमा ठूला सवारी साधनहरु सडक छेउमै पार्किङ गर्दा जाम हुने गरेको बताए । उनले त्यसलाई व्यवस्थित गर्न ठूला सवारी साधन निश्चित ठाउँमा पार्किङ गर्नुपर्ने बताए ।
उनले सडक किनारको पार्किङलाई चरणबद्ध रूपमा हटाउँदै वैकल्पिक पार्किङ क्षेत्र पहिचान गर्नुपर्ने विचार राखे ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले अव्यवस्थित पार्किङका कारण सवारी आवागनमा अप्ठेरो परेको र दुर्घटनाहरु बढेको सुनाए । उनले सडकका ठाउँ ठाउँमा ट्राफिक संकेत बोर्ड राख्न आवश्यक रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले लेकसाइडका हल्लनचोकदेखि बाराहीचोकसम्म सवारी चाप बढी भएका कारण त्यस क्षेत्रलाई पहिलो चरणमा एकतर्फी बनाउनुपर्ने, ठूला सवारी पर्यटक लैजान र ल्याउने काममा मात्रै प्रयोग गर्नुपर्ने, मालसामन ओसारपसार गर्ने सवारी साधनका लागि निश्चित सयम सिमा तोक्नुपर्ने विचार राखे ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले व्यस्थित पार्किङको व्यवस्थान नहुँदा पर्यटकले सास्ती खेप्नु परेको बताए । उनले व्यवसायीले पनि आफ्नो ग्राहकका लागि पार्किङको व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, नागरिक समाज कास्कीका प्रवक्ता गोकुल कार्की, सामुदायक सेवा केन्द्र कास्की अध्यक्ष भीम पराजुली, फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बलराम गिरी, नाट्टा गण्डकी उपाध्यक्ष संगिता पौडेल, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव शोभा अधिकारी पौडेल, सामुदायिक सेवा केन्द्र बैदामकी महासचिव शान्ता तिमिल्सिना, सदस्य अनिल थापा लगायतले पर्यटक आवागमन बढेसँगै लेकसाइड क्षेत्रमा ट्राफिक चाप बढ्ने हुँदा व्यथस्थितत गर्नुपर्नेमा जोड दिए । लेकसाइडलाई केही वर्ष पहिले ‘नो भेइकल जोन’ बनाए पनि स्थानीयको विरोधपछि त्यो रोकिएको थियो ।









लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया