‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक

प्रमिला कुँवर, पोखरा ।
कोपिला नेपालको आयोजनामा र पत्रकार महासंघ कास्कीको समन्वयमा तीन दिने ‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ विषयक तालिम भएकाे थियाे । गत वर्ष चैत २१, २२ र २३ गते भएकाे आवासिय तालिममा पाेखराका १७ जना पत्रकारकाे सहभागिता थियाे र म पनि सहभागी हुने माैका पाएकी थिए । यसका लागि काेपिला नेपाललाई धन्यवाद दिन चाहन्छु ।
तालिमले मेराे पत्रकारिता र व्यत्तिगत जीवनमा ठुलाे उपलब्धिमूलक याेगदान पुर्याएकाे छ । यस्ता किसिमका तालिमले पत्रकारकाे क्षमता अभिवृद्धि भएकाे, लेखनमा सुधार आएकाे तथा अनुसन्धानमूलक विषय कसरी छनाेट गर्ने र कसरी अनुसन्धान गरेर लेख्ने भन्ने कुरा बुझेकाे मेराे अनुभव छ ।
तालिममा भिडियाे फाेटाे खिच्ने सहि तरिकाकाे बारेमा प्रशिक्षक राजेन्द्र घिमिरेले जानकारी गराए । घिमिरेले एआईलाई पत्रकारिताको खतरा भनेर बुझ्नु भ्रम भएको बताए । ‘एआईले पत्रकारितालाई धरापमा पार्छ भन्ने सोच गलत हो,’ उनले भने, ‘एआईको प्रयोगले पत्रकारितालाई अझ सहज, प्रभावकारी बनाउँछ।’ उनले पत्रकारहरु सबै विधामा सक्षम हुनुपर्ने आवश्यकता औंल्याए।
प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले पत्रकारितामा नैतिकताको महत्वमाथि प्रकाश पारे। ‘कानुनले केही कुरालाई अनुमति दिइसकेको भए पनि नैतिकताले त्यो कुरा गर्न नदिने अवस्था आउन सक्छ,’ उनले भने, ‘पत्रकारले कानुनी सीमासँगै नैतिकताको सीमाभित्र रहेर काम गर्नुपर्छ।’
कान्तिपुर दैनिकका दीपक परियारले खोज पत्रकारिताको महत्वबारे प्रशिक्षण दिएका थिए। उनले तथ्यमा आधारित समाचार लेख्नुपर्ने बताए। लेखाइमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, साथै गलत कार्य हुन रोक्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा कोपिला नेपालका कार्यकारी अध्यक्ष सिलवाल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कोपिला नेपालका संयोजक तीर्थबहादुर थापा लगायतको उपस्थिति थियो। सहभागीले तालिम उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिए।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया