पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने

पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । प्रतिवादी बनाइएका व्यक्तिहरुमा पूर्वअर्थमन्त्री रामशरण महतसहित उच्च पदस्थ व्यक्तिहरु छन् । विमानस्थल बनाउँदा अस्वाभाविक रुपमा लागत बढाइएको थियो । यसबाट सरकारलाई ठूलो हानी भएको छ ।
आयोगको बैठक शुक्रबार बसेको थियो । सोही बैठकले मुद्दा चलाउने निर्णय गरेको हो । यो जानकारी अख्तियारका एक आयुक्तले दिएका हुन् । निर्णयअनुसार आइतबार विशेष अदालतमा मुद्दा दायर गरिँदै छ । अख्तियार उच्च स्रोतका अनुसार अनुसन्धान अधिकृतहरूको टोली मुद्दा दर्ताका लागि अदालत पुगिसकेको छ ।
मुद्दामा ५५ जनालाई प्रतिवादी बनाउने तयारी छ । यसमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन पनि मुछिएका छन् । तत्कालीन प्रोजेक्ट म्यानेजर प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । अधिकारी हाल क्यानका निलम्बित महानिर्देशक हुन् ।
विमानस्थल निर्माण गर्दा क्यानले सुरुमा १४५ मिलियन डलर लागत अनुमान गरेको थियो । तर पछि यो अंक बढाइयो । सार्वजनिक खरिद प्रक्रिया सुरु भइसकेपछि लागत २१५ मिलियन डलर कायम गरियो । यो काम चीनको निर्माण कम्पनी सिएमसी इन्जिनियरिङलाई फाइदा पुग्ने गरी गरिएको थियो । यसबाट सरकारलाई ७० मिलियन डलर घाटा भएको निष्कर्ष अख्तियारले निकालेको छ ।
प्रदीप अधिकारी भने अर्को प्रकरणमा पनि मुछिएका छन् । अख्तियारले उनीविरुद्ध भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिसकेको छ । उनी अहिले अख्तियारकै हिरासतमा छन् ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया