
पोखरा ।
नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र विस्तार भएका छन् । यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा सेवा केन्द्र थपिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
उनका अनुसार देशभर रहेका सेवा केन्द्रमा अहिले दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रय लिइरहेका छन् । ‘नेपाललाई मानवीयताको देश’ बनाउने लक्ष्यमा मानवसेवा आश्रम समर्पित रहेको अध्यक्ष अधिकारीले बताए । “नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र घोषणा गर्ने उद्देश्यमा हामी दृढ छौँ, छिट्टै हामी लक्ष्यमा पुग्दैछौँ”, उनले भने ।
परोपकारी संस्थाका रुपमा विसं २०७३ मा मकवानपुरको हेँटौडाबाट मानवसेवा आश्रमले औपचारिक सेवा सुरु गरेको थियो । आश्रमको केन्द्रीय कार्यालय पनि हेँटौडामा छ । त्यसयता झण्डै एक दशकभित्र देशका २१ जिल्लाका ३० सेवा केन्द्रमार्फत मानवसेवा आश्रमले सेवा प्रदान गरिरहेको हो । “कोही पनि नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान सञ्चालन गरिएको हो”, अध्यक्ष अधिकारीले भने, “हामी छिट्टै नेपाललाई सडक मानवरहित राष्ट्रको रुपमा घोषणा गर्दैछौँ ।”
शाखा र सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम पनि चलिरहेको मानवसेवा आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताउनुभयो । आश्रमको केन्द्रीय कार्यालय हेँटौडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेको उनको भनाइ छ । मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ, ललितपुर, सुर्खेतलगायत जिल्लामा पनि भवन निर्माणको प्रकृया अगाडि बढेको लामाले बताए ।
गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन निर्माण भइरहेका छन् । विभिन्न जिल्लामा आश्रम निर्माणका लागि महायज्ञ सञ्चालन गरेर पनि आर्थिक जोहो गरिएको सह–कोषाध्यक्ष लामाले बताए । अहिलेसम्म १२ ठाउँमा महायज्ञ लगाइएको उनको भनाइ छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन आश्रमको भवन निर्माण सहयोगार्थ गत कात्तिक २१ देखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा रु नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । उक्त रकम आश्रमको भवन निर्माण र अक्षयकोष वृद्धिमा खर्च गरिने जनाइएको छ । विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माणमा बजेट अभाव भएपछि महायज्ञ लगाएर स्रोत जुटाइएको हो ।
मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । आश्रमले देशभरका सेवा केन्द्रमार्फत अहिलेसम्म हजारौँ सडक मानवलाई उद्धार गरेको छ भने कैयनको परिवारसँग पुर्नमिलन भएको छ । मानवसेवा आश्रमका सह–कोषाध्यक्ष लामाका अनुसार हालसम्म २८ सय बढीको पारिवारिक पुर्नमिलन भएको छ भने २२ सयबढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् ।
आश्रममै रहेका बेला आठ सयभन्दा बढीले मृत्युवरण गरेको जनाइएको छ । यस्तै छ सय बढीको सामुदायिक पुर्नस्थापना भएको छ । मानवसेवा आश्रम ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा जुटेको आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए ।
मानवसेवा आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा विसं २०८७ भित्र मानव सेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र ९अस्पताल० स्थापनालाई समेटिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया