लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष माया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रामजी पौडेल, प्रथम उपाध्यक्ष आरसी पौडेल, द्वितीय उपाध्यक्ष होम गुरुङ, महिला उपाध्यक्ष मञ्जु विक, सचिव कृष्ण सुवेदी, कोषाध्यक्ष सविना गुरुङ, सहसचिव टेक क्षत्री, सहकोषाध्यक्ष सपना परियार निर्वाचित भएको निर्वाचन अधिकृत नारायण शर्माले जानकारी दिए ।
प्रतिष्ठान गण्डकीको कार्यसमितिको सदस्यमा प्रिति गुरुङ, सरला अधिकारी, कमला गैरे, किसान नेपाली, भानुभक्त पौडेल, दीपक गदाल, नेत्र खड्का, सुनिमा गुरुङ, सूर्य गुरुङ, रामप्रसाद ढकाल, पूजा परियार शेर्पा, पूजा गुरुङ, (सविता) पूर्जा कार्की शर्मा, राजबहादुर गुरुङ, विक्रम गुरुङ, मदन अर्याल, दिनेश थापा, विष्णुकुमार बाग्ले छन् ।
अधिवेशनको उद्घाटन समारोहमा अग्रज कलाकार शिवु गिरीलाई नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरिएको छ । तीर्थ सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजाराम पौडेललाई सम्मान गरिएको छ । कार्यक्रममा प्रतिष्ठान गण्डकीका जिल्लाहरुमा पर्वतलाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको हो ।
उच्च शिक्षा पुरस्कार प्रतिष्ठान म्याग्दीका सचिव करण कँडेललाई प्रदान गरिएको छ । कार्यक्रममा पुन युवा क्लब अध्यक्ष कृष्ण पुनलाई सम्मान गरिएको हो । अधिवेशनको उद्घाटन समारोहमा अक्सफोर्ड स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले अधिवेशनको उद्घाटन गर्दै दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठानको संस्थापक अध्यक्ष अम्बरबिरही गुरुङदेखि अहिलको अध्यक्ष रिता थापामगर लगायत सबै अध्यक्षले प्रतिस्पर्धा गर्दा आफु निर्णायक बनेको दाबी गरे ।
प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले देश भरीको ठुलो संस्थाको रुपमा रहेको प्रतिष्ठानमा कलाकारको आकर्षण बढेको बताए । नवनिर्वाचित अध्यक्ष गुरुङले सबैको सहयोग र विश्वासको कारण गण्डकीमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाएको बताइन् ।
प्रतिष्ठान नेपाल गण्डकीमा काम गरेर देखाउन नेतृत्वमा पुगेको जानकारी दिदै उनले संस्थापकदेखि सबै पूर्व अध्यक्षले थालनी गरेका अपुरा कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले प्रतिष्ठानलाई बिगार्न भन्दा सपार्न र सिगार्नमा ध्यान दिने बताइन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण, प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजाल, प्रतिष्ठानका सचिव शंकरविरही गुरुङ, केन्द्रीय प्रशासनिक सचिव जीवन दाहाल, प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष राजन कार्की, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, सचिव रामजी पौडेल, पूर्वउपमहासचिव चोलेन्द्र पौडेल, सल्लाहकार तथा संरक्षक यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले लोक संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया