बोन म्यारो पीडित थापाको सहयोग याचना

समाधान संवाददाता २०८२ मंसिर २१ गते १६:३०

पोखरा ।
बोन म्यारो पीडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । तनहुँका थापा गएको ९ महिनादेखि उपचाररत छन् ।


म्याग्दे गाउँपालिका ५ सिस्नेरी निवासी थापाले उपचारका लागि सहयोगको याचना गरेका हुन् । बोन म्यारो क्यान्सरबाट ग्रसित उनले नेपालका बिभिन्न अस्पतालमा उपचार गराए पनि सफल हुन नसकेको र आफूसँग भएको चल अचल सम्पति उपचारका क्रममा खर्च भएको बताउँदै आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।


हाल भारतको नयाँ दिल्ल ीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत थापालाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका छन् । सोका लागि ठूलो रकम लाग्ने र उक्त रकम जुटाउन समस्या भएपछि थापाको परिवार चिन्तित बनेको छ ।

Advertisement


थापा १२ वर्षदेखि बतास अर्गनाइजेसनको त्रिथुंगा ट्रेडिङ प्रालि, नयाँबजार, पोखरामा बजार प्रतिनिधिको रूपमा कार्यरत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया