बोन म्यारो पीडित थापाको सहयोग याचना
समाधान संवाददाता
२०८२ मंसिर २१ गते १६:३०

पोखरा ।
बोन म्यारो पीडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । तनहुँका थापा गएको ९ महिनादेखि उपचाररत छन् ।
म्याग्दे गाउँपालिका ५ सिस्नेरी निवासी थापाले उपचारका लागि सहयोगको याचना गरेका हुन् । बोन म्यारो क्यान्सरबाट ग्रसित उनले नेपालका बिभिन्न अस्पतालमा उपचार गराए पनि सफल हुन नसकेको र आफूसँग भएको चल अचल सम्पति उपचारका क्रममा खर्च भएको बताउँदै आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
हाल भारतको नयाँ दिल्ल ीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत थापालाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका छन् । सोका लागि ठूलो रकम लाग्ने र उक्त रकम जुटाउन समस्या भएपछि थापाको परिवार चिन्तित बनेको छ ।
थापा १२ वर्षदेखि बतास अर्गनाइजेसनको त्रिथुंगा ट्रेडिङ प्रालि, नयाँबजार, पोखरामा बजार प्रतिनिधिको रूपमा कार्यरत थिए ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया