लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
दुई परिवारको कोठा र बाथरुम निःशुल्क सजावट गरिने

काठमाडौं ।
लामिनार भिट्रिफाइड टायलले ‘लामिनार–मेरो सपनाको घर’ नामक नेपालकै पहिलो कोठा र बाथरुम मेक–ओभर (सजावट) अभियान सुरु गरेको छ । मिस नेपाल–२०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको नेतृत्वमा सुरु भएको यो अभियान अन्तर्गत विजेता दुई परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरुमको पूर्ण रूपान्तरण निशुल्क प्राप्त गर्नेछन् ।
यो मेक–ओभर प्रतिष्ठित डिजाइन र लाइफस्टाइल ब्रान्डहरू मेटलउड फर्निचर, कोह्लर स्यानिटरीवेयर, ब्रिलियन्ट लाइटिङ तथा इम्पेरियोस फर्निसिङको सहकार्यमा कार्यान्वयन हुने लामिनारले जनाएको छ ।
अभियानमा सहभागी हुन चाहनेले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ, जसमा आफ्नो कोठा र आवश्यक परे बाथरुमलाई किन मेकओभर (सजावट) आवश्यक छ भन्ने खुलाउनुपर्नेछ । सो भिडियोलाई टिकटक, इन्स्टाग्राम वा फेसबुकमा पब्लिक रूपमा पोस्ट गरी ‘२बिmष्लबचतष्भिक’ लाई ट्याग गर्नुपर्नेछ भने ३ीबmष्लबचःभचयक्बउबलबपयन्जबच’ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
प्राप्त भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठसहितको आन्तरिक समितिले गर्ने कम्पनीले जनाएको छ । विजेताहरूको छनोट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टको आधारमा गरिनेछ ।
प्रत्येक विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन तथा काम हुनुअघि, हुँदै गर्दा र पछिको फोटो तथा भिडियो डकुमेन्टेसन सेवा प्राप्त गर्नेछन् । भिडियो अपलोड गर्ने अन्तिम सन् २०२६ जनवरी २ सम्म तोकिएको छ भने विजेताको घोषणा सन् २०२६ जनवरी ७ मा गरिनेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया