ददिको ज्ञानिकामाथि पोखरामा विमर्श

पोखरा । वन विज्ञान अध्ययन संस्थानमा आइतबार ददि सापकोटाको ‘ज्ञानिका’माथि विमर्श गरिएको छ । गैरआख्यान ‘ज्ञानिका’ नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको गौरआख्यान हो ।
वन विज्ञान पढिरहेका विद्यार्थीमाझ लेखक सापकोटाले पुस्तक लेख्दा झेल्नुपरेका समस्यादेखि पुस्तक लेखनबाट हुने आम्दानीबारे सुनाए । ददिले आफू नेचर गाइड, पत्रकार हुँदै वातावरण, प्रकृति र जीवजन्तुका कथा समेटेर पुस्तक तयार पारेको सुनाए । पुस्तकमा नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडाका अनुभव समेटेको उनको भनाइ छ ।
‘पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको संघर्ष विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण र पर्यटनको अवसर, प्रदूषणमुक्त नेपालको बाटो, माटोको खान्की आँखैअघि खतरा शीर्षकमा कथाहरु छन्,’ सापकोटाले भने । वातावरणीय विषयलाई मुख्यधारको समाचारमा ल्याउन अनुसन्धान, तथ्य र संवेदनशीलतासहितको पत्रकारिताको आवश्यकता रहेको उनले बताए ।
‘मैले जीवनमा प्लेन उडाउने काम गरेको छैन । अरु सबै काम गरें । पत्रकारिताले लेख्न सिकायो । त्यसले गर्दा मलाई लेखनतर्फ आकर्षित गर्यो,’ उनले भने, ‘कथा वन, जंगलमा पुगेपछि भेटिन्छ, मैले पनि त्यसैगरी भेटेको हो । तपाईंहरुले लेखन कला विकास गर्न दैनिकी लेख्न थाल्नुस् ।’
उनले आफू फिरन्ते हुँदा धेरै कुरा सिकेको सुनाए । उनले नेपालमा साइबेरियाबाट मात्र नभई भियतनाम, कम्बोडिया, भुटान, युरोप, भारतबाट पनि चराहरु आउने गरेको सुनाए । ‘एउटै चरालाई दुई पटक देख्दा फरक पाइँदो रै’छ, त्यस कारण हिँडेपछि, भेटेपछि कथा आफैं बन्छन्,’ उनले भने, ‘हामीलाई लाग्छ भाले पोथी फरक हुन्छ तर, कुनै बेला देख्दा भालेपोथी छुट्याउन सकिँदैन ।’ उनले आफ्ना पुस्तकमा चराहरुको प्रेमबारे लेखेको सुनाए ।
‘मान्छेको प्रहरी हुन्छ, न्यायालय हुन्छ, अदालत हुन्छ, माया प्रेम हुन्छ, तर चराको के हुन्छ होला ? यस्ता रोचक रोचक तथ्यहरु पुस्तकमा छन्,’ उनले भने । कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन र वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा सहजीकरण सुनील सापकोटाले गरेका थिए ।
पुस्तकमा पर्यावरण, वन्यजन्तु, वनस्पति, पर्यटन लगायतका विषयमा काम गर्ने २१ जनाका अनुभव र जीवनी समेटिएको छ । ‘ज्ञानिका’ फाइन प्रिन्टले प्रकाशन गरेको हो । उनका त्यो नेपाल, दुखेको युरोप, वनको वैभव, जीवगाथा लगायतका कृति प्रकाशित छन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया