एनप्याब्सन क्रिकेटमा ५ खेल

समाधान संवाददाता २०८२ मंसिर २१ गते १८:२०

पोखरा ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिता जारी छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा आइतबार ५ खेल भए । आइतबार भएको पहिलो खेलमा लाविन रेसिडेन्सियल स्कुलले अक्सफोर्ड स्कुललाई ६१ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको लाविनले १० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । विशल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्डले १० ओभरमा अल आउट हँुदै ४० रनमात्र बनाउन सक्यो ।

दोस्रो खेलमा बागमारा एकेडेमिक गार्डेनले न्यु लेखनाथ पब्लिक एकेडेमीलाई २२ रनले पराजित गरेको छ । ८ ओभरको गेम खेलाइएको प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेर न्यु लेखनाथले बागमारालाई ब्याटिङको निम्ता दिएको थियो । बागमाराले ८ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउदा जवाफी ब्याटिङमा न्यु लेखनाथले ८ ओभरमा ७ विकेटको क्षतिमा ३७ रन बनायो ।

Advertisement

तेस्रो खेलमा नेसनल व्रिmयसन एकेडेमीले फेवा बोर्डिङ स्कुललाई १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको फेवाले ७.५ ओभरमा सबै विकेट गुमाई २० रन बनाउदा सामान्य लक्ष्य पाएको नेसनल क्रियसनले जवाफी ब्याटिङमा ३.४ ओभरमा २ विकेटको क्षतिमा २४ रन बनाएको थियो ।

यस्तै, कास्की मोडर्नाइज्ड एकेडेमीले सिद्धार्थ लबडेल बोर्डिङ स्कुललाई ५२ रनले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको सिद्धार्थले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । कास्कीले १० ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाउदा सिद्धार्थ लबडेल ८ ओभरमा ३० रन बनाएर अल आउट भयो ।

Advertisement

अन्तिम खेलमा ज्ञानज्योति विद्याकुञ्ज माविले चिल्ड्रेन्स एकेडेमीलाई १० विकेटले पराजित गरको छ । ज्ञानज्योतिले टस जितेर ब्याटिङको निम्ता दिएपछि ब्याटिङमा उत्रिएको चिल्ड्रेन्सले ६.३ ओभरमा सबै विकेट गुमाई १६ रन बनाउदा जवाफी ब्याटिङमा उत्रिएको ज्ञानज्योतिले १.४ ओभरमा १७ रन बनाएको थियो ।

सोमबार पहिलो खेल बिहान ८ बजे हेमजा बोर्डिङ स्कुल त्रिवेणी पब्लिक माविबीच हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुरथापा जानकारी दिए । यस वर्ष एनप्याब्सन कास्कीले दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।

बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रंगशालामा हुँदै छन् । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया