संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेको छ । गत भदौ २७ गते गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर्याउँदै कांग्रेसले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेको हो ।
विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदलाई निवेदक बनाएर रिट तयार पारिएको छ । कांग्रेसका तर्फबाट निर्वाचन समिति संयोजक एवं पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस राखेर रिट पेस गरिएको हो । प्रक्रिया पुर्याएर उक्त रिट सोमबार दर्ता हुने बताइएको छ ।
शुक्रबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच महाराजगन्जमा वार्ता भएको थियो । सोही भेटघाट र छलफलको निष्कर्षस्वरूप कांग्रेस पनि एमालेकै बाटो पछ्याउँदै न्यायिक लडाइँमा होमिएको हो ।
यसअघि नै नेकपा एमालेले संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ । एमालेले कानुनी कदम चालेपछि कांग्रेसले पनि संसद् पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो । अहिले सोही अभियानलाई कानुनी रूप दिँदै कांग्रेस पनि एमालेसँगै कानुनी मोर्चामा उभिएको हो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया